स्वीकृत कार्यक्रम अनुसार समशितोष्ण तथा सुन्तला जात फलफूल बिरुवा उत्पादन गर्न मूलबृत तयार गर्ने ।

स्वीकृत कार्यक्रम अनुसार सामशितोष्ण तथा सुन्तला जात, फलफूल कलमी र बीजु बिरुवा एवं फूल बिरुवा उत्पादन विक्री वितरणको सम्पूर्ण पक्षलाई समेट्ने गरी बिरुवा उत्पादन, विक्री वितरण गर्ने र गराउने ।

कृषकहरुलाई प्राविधिक सेवा पुरयाउने ।

आवश्यकता अनुसार तालिम सञ्चालनलगायतका कार्यमा सहयोग गर्ने ।

उन्नत प्रविधिहरुको प्रचार प्रसार गर्न आवश्यक लेख, पोष्टर, पम्पलेट आदि तयार गर्ने एवं सहयोग गर्ने ।

अन्य निर्देशित कार्यहरु गर्ने ।