यस केन्द्रमा अपनाईएका बाली संरक्षण उपयहरुवारे भए गरेका कार्यहरुको लेखा जोखा गरि तथ्य बिवरणहरु अध्यावधिक गरि राख्ने र राख्न लगाउने ।

स्वीकृत कार्यक्रम अनुसार बाली संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने र गर्न लगाउने ।

यस केन्द्रको फलफूलको बगैंचा तथा नर्सरीहरुमा रहेका बोट बिरुवाहरुको निरन्तर रुपमा निरिक्षण गर्ने र रोग कीराको समस्या देखिएमा सम्वन्धित शाखाहरु संग समन्वय गरि आफ्नो प्रत्यक्ष निगरानीमा नियन्त्रण गर्न उपचार बिधिहरु लागू गर्ने र गर्न लगाउने ।

यस केन्द्रको बगैंचा तथा नर्सरीमा रहेका बिरुवाहरुको सुरक्षाको लागि सुरक्षात्मक व्यवस्था अन्र्तगत उपचार बिधीहरुको बार्षिक कार्य तालिका बिकास गरि कार्यान्वयन गर्ने ।

आफ्नो शाखामा काम गर्ने ज्यामीहरुको दैनिक माग फाराम भर्न, हाँजिर गर्न एवं कार्ड भर्न लगाउने र सम्बन्धित पदाधिकारीहरुमा अनिवार्य रुपले समयमानै पेश गर्न लगाउने ।

नेपाल सरकार कृषि विकास मन्त्रालयको नीति अनुरुप फलफूल वालीको अनुसन्धानात्मक कार्यक्रम सञ्चालनार्थ यस केन्द्रको सम्वन्धित ईकाईहरुसंग समन्वय गरि अनुसन्धान कार्यक्रमको प्रस्ताव तयार गरि पेश गर्ने ।

अन्य निर्देशित कार्यहरु गर्ने ।