यस केन्द्रका रा.प.अनं. श्रेणीका कर्मचारीहरुको का.स.मु को सुपरिवेक्षक भै कार्य गर्ने ।

समशितोष्ण र सुन्तलाजात फलफूलहरुमा भए गरेका कार्यहरुको लेखा जोखा र तथ्य विवरणहरु अध्यावधिक राख्ने ।

चालु आ.व.को स्वीकृत कार्यक्रम अनुसार पतझड तथा सुन्तलाजात फलफूलको माउबोट तथा जर्मप्लाज्म बगैचा व्यवस्थापनको सम्पूर्ण पक्षलाई  समेट्ने गरी कार्यक्रम सञ्चालन गर्ने ।

फलफूल बगैचामा फल फलेका रुखहरुको उचित रेखदेख गर्न लगाउने र फल बिक्रीको व्यवस्था मिलाउने ।

नेपाल सरकार कृषि विकास मन्त्रालयको नीति अनुरुप फलफूल बालीको अनुसन्धानात्मक कार्यक्रम सञ्चालनार्थ यस केन्द्रको सम्बन्धित इकाईहरुसंग समन्वय गरि अनुसन्धान कार्यक्रमको प्रस्ताव तयार गरि पेश गर्ने ।

यस केन्द्रको स्वीकृत कार्यक्रम अनुसार बाह्य सेवा अन्तरगतका कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

बाह्य सेवासँग जापानिज जे.ओ.सि.भि.को कार्यक्रम समायोजन हुने गरी कार्यक्रम सञ्चालन गर्ने।

बिगतको बागवानी विकास आयोजना अन्तरगत स्थापित प्रर्दशन बगैंचा (Demonstrate Orchard) हरुको निरिक्षण तथा अनुगमन निरन्तर रुपमा गर्ने र प्राविधिक सेवा दिने व्यवस्था मिलाउने ।

अन्य निर्देशित कार्यहरु गर्ने ।